सहकारिताको सिद्धान्तलाई आत्मसात् गर्दै जागरुक स्थानीय नागरिकहरुको सहभागितामा यस उपलब्धि बचत तथा ऋण सहकारी संस्थाको स्थापनि भएको हो। विभिन्न पेसा-व्यवसायमा संलग्न महानुभावहरुको अग्रसरतामा स्थानीय युवा तथा गृहिणीहरुको समेत सहभागिता रहेको यो संस्था सदस्यहरुको सामुहिक हित, स्वावलम्बन, सीप विकास तथा आर्थिक उन्नतिका लागि प्रतिबद्ध छ । २०६५ साल श्रावण ७ गते डिभिजन सहकारी कार्यलयमा दर्ता भई २०६५ भाद्र २७ गते देखि कारोबार सुरू गरेको यस संस्थामा माघ मसान्त सम्मको सदस्य संख्या झण्डै २ सय पुगेको छ । सदस्यको परिवारका सदस्य तथा सदस्य संलग्न रहेको ब्यवासयका सदस्यहरूको समेत गरेर यस संस्थामा सबै किसिमका बचत खाताको संख्या ८०० भन्दा बढी रहेको छ ।
सहकारी भावना अनुरूप २०६५ सालमा स्थापित यस संस्थाले समाजका विभिन्न क्षेत्र, पेशा र व्यवायका व्यक्तीहरूलाई सदस्यका रूपमा समेटेको छ । बचत तथा ऋण सहकारी उद्देश्य लिई डिभिजन सहकारी कार्यालय, काठमाडौंमा दर्ता भएको यस संस्थाले सदस्यहरूमाझ निक्षेप सङ्कलन र ऋण लगानी गर्ने मुख्य उद्देश्य प्राप्‍त गर्दै सदस्यहरूको आर्थिक, सामजिक एवम् सांस्कृतिक विकासका लागि समर्पित भएर कार्य गर्न क्रियाशिल छ ।

शहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तीहरूमा पेशागत, आयगत एवम् सांस्कृतिक रूपमा विविधिता पाइनु स्वभाविकै हो । त्यस्तो विविधतामाझ पनि संस्थाले आफ्ना सदस्यहरूलाई एकताबद्ध गराएको छ । सदस्यहरूसँग उपलब्ध पूँजिमा उचित प्रतिफल दिने र त्यसै पूँजिलाई व्यवसायिक क्षमतायुक्त सदस्यमाझ परिचालन गरी संस्थाले आफ्ना सदस्यलाई वित्तिय सेवा उपलब्ध गराइरहेको छ ।

आफ्ना सदस्यहरूको सीपविकास, क्षमता अभिबृद्धि, व्यवसाय विस्तार आदिमा यस संस्थाले योगदान पुर्‍याइरहेको छ । यसका साथै सदस्यका बालबालिकाहरूलाई सृजनशिल बनाउनसमेत संस्थाले विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ ।

सहकारी शिक्षा, तालिम र सूचनालाई सहकारीका सदस्यहरूमाझ पुर्‍याउनका लागि समयसमयमा यस संस्थाले अन्य सहकारी संघसंस्थासँग सहकार्य गरी विभिन्न गोष्‍ठी, तालिम, अन्तर्क्रिया आदि आयोजना गर्ने गरेको छ ।

सहकारी संस्था समुदायको अभिन्न अंग हो । त्यसैले समुदायका चासोका शिक्षा, स्वास्थ्य, सरसफाई आदि जस्ता विषयमा यस संस्थाले स्थानिय स्तरमा विभिन्न कार्यक्रम गर्ने गरेको छ । त्यसैगरी सदस्यहरूको हित र सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न योजनाहरू संस्थाले अघिसारेको छ ।

‘उपलब्धि तपाई-हाम्रो सहकार्यको’ नारा लिइ अघि बढेको यस संस्था सदस्यहरुको एकता, सामुहिक प्रयास र आपसि सद्भावमा विश्‍वास गर्दछ ।
संक्षिप्‍त विवरण:
स्था स्थापना मिति: २०६५/४/७
दर्ता नम्बर: १७५५/०६५/०६६
दर्ता गर्ने कार्यालय: डिभिजन सहकारी कार्यालय,काठमाडौं कार्यक्षेत्र: का.म.पा. वडा नं. ३१,३२,३३,१ र २
मुख्य कार्यालय: कमलपोखरी, काठमाडौं
सिद्धान्त
  • स्वेच्छिक तथा खुला सदस्यता
  • सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण
  • सदस्यहरुको आर्थिक सहभागिता
  • स्वायत्तता तथा स्वतन्त्रता शिक्षा, तालिम तथा सूचना
  • सहकारीहरुबीच पारस्परिक सहयोग
  • समुदायप्रति उत्तरदायित्व
उद्देश्य
  • यस संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासका लागि कार्य गर्नेछ।
  • स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययीता अभिवृद्धि गरी नियमित बचतलाई प्रोत्साहन गर्ने।
  • व्यक्तिगत क्षमता तथा व्यक्तित्व बिकास गर्ने, पेसा-व्यवसाय अभिवृद्धिका लागि बचत परिचालन गर्ने।
  • उत्पादनशील, आयमूलक, सीपमूलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवर्द्धन गर्ने।
  • सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समृद्ध र असल समाज निर्माणमा योगदान पुर्याउने।
कार्यहरु
बचत सङ्कलन, ऋण लगानी सीप विकास तथा स्वावलम्भन, सदस्यहरुलाई आर्थिक सहयोग, सेवा तथा सद्‍भाव।