आदरणीय सदस्य महानुभाव,
यस उपलब्धि बचत तथा ऋण सहकारी संस्थाले बाल-बालिकाहरूको बचत गर्ने बानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको बाल बचत तथा खुत्रुके बचत योजनालाई सफल बनाउन यहाँहरूले पुर्याउनु भएको योगदान सराहनीय छ । यस उपलब्धि साकोसका बाल बचतकर्ताहरूमा रहेको प्रतिभा र क्षमता साथीहरूमाझ प्रदर्शन गर्ने अवसर जुटाउने जमर्को हामीले गरेका छौँ । यसै सन्दर्भमा आयोजना हुन लागेको उपलब्धि बालप्रतिभा कार्यक्रममा आफ्ना बालबालिकासहित उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
कार्यक्रमको उद्देश्यस्
१। बालबालिकामा रहेको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरी उनीहरूलाई प्रोत्साहित गर्ने ।
२। बालबालिका तथा सदस्यहरूलाई आपसमा घुलमिल गराउने ।
३। बालबालिकाको बचत गर्ने बानीलाई प्रोत्साहित गर्ने ।
४। बालबालिकाहरूबीच मित्रता बढाउने, मनोरञ्जन प्रदान गर्ने ।
कार्यक्रमको विवरणस्
१। बिहान ११।०० देखि १२।०० स् अभिभावक तथा बच्चाहरू भेला हुने, परिचय र स्वागत कार्यक्रम ।
२। दिउँसो १२।०० देखि १२।१५स् स्वागत मन्तव्य, कार्यक्रमबारे जानकारी ।
३। दिउँसो १२।१५ देखि १२।३०स् समूह विभाजन
४। दिउँसो १२।३० देखि २।००स् विभिन्न किसिमका खेलहरू
५। दिउँसो २।०० देखि ३।३०स् प्रतिभा प्रदर्शन
६। दिउँसो ३।३०स् उत्कृष्ट प्रदर्शन गर्नेहरूको नाम घोषणा, समापन, जलपान
कार्यक्रम हुने मितिस् २०६७ साउन २२ गते शनिबार
कार्यक्रम हुने स्थानस्
ए।के।ए। क्याफे, कमलपोखरी
९संस्थाको कार्यालयसँगै०
सम्पर्कस् ४४३५४७७, ४४३२३८८, ९८४१७८०११५, ९८०३१९१९५८
|