Upalabdhi Logo Title
गृह-पृष्ठ परिचय सम्पर्क संगठन-ढाँचा
 
 
परिचय

सहकारिताको सिद्धान्तलाई आत्मसात् गर्दै जागरुक स्थानीय नागरिकहरुको सहभागितामा यस उपलब्धि बचत तथा ऋण सहकारी संस्थाको स्थापनि भएको हो। विभिन्न पेसा-व्यवसायमा संलग्न महानुभावहरुको अग्रसरतामा स्थानीय युवा तथा गृहिणीहरुको समेत सहभागिता रहेको यो संस्था सदस्यहरुको सामुहिक हित, स्वावलम्बन, सीप विकास तथा आर्थिक उन्नतिका लागि प्रतिबद्ध छ । २०६५ साल श्रावण ७ गते डिभिजन सहकारी कार्यलयमा दर्ता भई २०६५ भाद्र २७ गते देखि कारोबार सुरू गरेको यस संस्थामा माघ मसान्त सम्मको सदस्य संख्या झण्डै २ सय पुगेको छ । सदस्यको परिवारका सदस्य तथा सदस्य संलग्न रहेको  ब्यवासयका सदस्यहरूको समेत गरेर यस संस्थामा सबै किसिमका बचत खाताको संख्या ८०० भन्दा बढी रहेको छ ।

सिद्धान्त

-    स्वेच्छिक तथा खुला सदस्यता
-    सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण
-    सदस्यहरुको आर्थिक सहभागिता
-    स्वायत्तता तथा स्वतन्त्रता
-    शिक्षा, तालिम तथा सूचना
-    सहकारीहरुबीच पारस्परिक सहयोग
-    समुदायप्रति उत्तरदायित्व

उद्देश्य

-    यस संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासका लागि कार्य गर्नेछ।
-    स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययीता अभिवृद्धि गरी नियमित बचतलाई प्रोत्साहन गर्ने।
-    व्यक्तिगत क्षमता तथा व्यक्तित्व बिकास गर्ने, पेसा-व्यवसाय अभिवृद्धिका लागि बचत परिचालन गर्ने।
-    उत्पादनशील, आयमूलक, सीपमूलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवर्द्धन गर्ने।
-    सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समृद्ध र असल समाज निर्माणमा योगदान पुर्याउने।

कार्यहरु

बचत सङ्कलन, ऋण लगानी सीप विकास तथा स्वावलम्भन, सदस्यहरुलाई आर्थिक सहयोग, सेवा तथा सद्‍भाव।

धन-खाता उपलब्धि-मूलक बचत गृहिणी बचत खुत्रुके बचत
© Upaladhi Saving & Credit Co-operative Society Ltd
2009-2010